आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संखुवासभामा प्रहरी र ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान

AuthorAP Khabar२०७६ अषाढ १६, सोमबार (४ साल अघि) ३४६ पाठक संख्या

असार १६ संखुवासभा । संखुवासभाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । सो क्रममा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको प्रहरीले जनाएकाे हाे ।

फायरिङका क्रममा कुनै पनि पक्षकाे क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।विप्लवका कार्यकर्तासँग गोली हानाहान भएपछि प्रहरीको टोली तित्तरवित्तर भएको छ।

सिलिचोङ गाउँपालिका-१ मा गस्तीका लागि प्रहरी टोली गएको र फिल्डमा जाँदा सांकेतिक फायरिङ भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले जनाएका छन् । विप्लव कार्यकर्ताले प्रहरीतर्फ फायर गर्दै जंगलतिर भागेको र त्यसपछि प्रहरीले पनि गोली चलाएको जनाइएको छ ।source news24

प्रतिक्रिया दिनुहोस