आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिरहामा किसान धान रोपाइँमा व्यस्त तर मलको अभाव

AuthorAP Khabar२०७६ अषाढ १६, सोमबार (४ साल अघि) ३२२ पाठक संख्या

असार १६ सिरहा । किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ । धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मलको अभाव भएको हाे ।

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपीकाे अभाव भएकाे कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईंले बताए ।

उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी मलको माग रहेकोमा हाल एक बोरा पनि डिएपी मल कृषि सामग्रीको गोदाममा नरहेको प्रमुख चौलागाईंको भनाइ छ । डिएपी मलको अभाव भए पनि युरिया मल भने पर्याप्त रहेको छ ।

डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँ गाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस