आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमावर्ती क्षेत्रमा हुने अवाञ्छित गतिविधि माथि निगरानी राख्न गौर भन्सार क्षेत्रमा चार वटा सिसि क्यामरा जडान

AuthorAP Khabar२०७६ अषाढ १६, सोमबार (४ साल अघि) ४३३ पाठक संख्या

रौतहट १६ असार ।रौतहट जिल्लाको सदरमुकाम गौरको पछिम पट्टि पर्ने सिमावर्ती क्षेत्रमा हुने अवाञ्छित गतिविधि माथि निगरानी राख्न सशस्त्र प्रहरीले गौर भन्सार क्षेत्रमा चार वटा सिसि क्यामरा जडान गरेको छ ।

राजस्व चुहावट, अपराधिक गतिविधिलई नियन्त्रण गर्ने उद्देश्यबाट सशस्त्र प्रहरी नेपाल ११ नम्वर गणका गणपति कृष्ण ढकालको विशेष प्रयासबाट गौर भन्सार क्षेत्रमा चार वटा सिसि क्यामरा जडान भएको छ ।

सिसि टिभी क्यामराले खिचेको दृश्यहरुकोको मोनेटरिंग सशस्त्र प्रहरीको हेडक्वाटर, ११ नम्वर गणबाट गरिने सिमा पोष्ट गौरका प्रहरी निरिक्षक दिपकराज भट्टले जनाएका छन ।

गौर भन्सार क्षेत्रमा नेपाल र भारत तर्फ फर्काए २/२ वटा क्यामरा जडान गरिएको छ ।
प्रदेश नम्वर २ को पर्साको विरगंज भन्सार, रौतहटको गौर भन्सार, महोत्तरीको भिठामोड भन्सार र सिरहा भन्सार कार्यालय अगाडी सशस्त्र प्रहरीले सिसि टिभी क्यामरा जडान गरेको छ ।

प्रतिक्रिया दिनुहोस