आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुन तस्करी प्रकरणमा मुछिएका उच्च अदालतका न्यायाधीश सिंह बर्खास्त

AuthorAP Khabar२०७६ अषाढ १७, मंगलबार (४ साल अघि) ३१३ पाठक संख्या

असार १७ काठमाडौं :

न्याय परिषदले ३३ किलो सुनको अवैध चोरी निकासी तथा सनम शाक्य हत्या प्रकरणको थुनछेकमा बदनियत गरेको अभियोगमा उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई पदबाट बर्खास्त गरेको छ। न्याय परिषद बैठकले सिंहलाई सेवाबाट हटाउने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले बताए।

प्रकरणमा जोडिएका अन्य दुई न्यायाधीशको दुई वर्ष बढुवा रोक्काको निर्णय भएको छ। कार्यशैलीप्रति सचेत गराउँदै न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गरिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा सोमबार साँझ बसेको परिषद् बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय लिएको हो। सिंह सोमबारदेखि पदमुक्त भएका छन्। परिषद् प्रवक्ता मानबहादुर कार्कीले बर्खास्त र गम्भीर रूपमा सचेत गराइएको जानकारी गराए। यी न्यायाधीशलाई यसअघि सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको थियो।

न्याय परिषद् ऐनअनुसार गम्भीर सचेत गराएपछि स्वतः बढुवा रोकिने व्यवस्था छ। यसअघि छानबिनमा परेका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भूर्तेल, न्यायाधीशहरु सारंगा सुवेदी र जनक पाण्डेलाई आइन्दा अदालत र न्यायाधीशको मर्यादा राख्न थप सावधानी अपनाउन सचेत गरिएको थियो।सभार टिभी अन्नपुर्ण

प्रतिक्रिया दिनुहोस