आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोपा अमेरिका : चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो, मेसीले पाए रातो कार्ड

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) ४८३ पाठक संख्या

असार २२
एजेन्सी : कोपा अमेरिकाको तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । खेलको १२औं मिनेटमा मेसीको पासमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

३७औं मिनेटमा मेसी र चिलीका मेडल दुबैले रातो कार्ड पाए । लियोनल मेसीले करियरकै दोस्रो रातो कार्ड पाएका हुन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेसीले चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेसीको १४ वर्षयताकै पहिलो हो ।

पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो । ५९औं मिनेटमा अर्टुरो भिडलले पेनाल्टी मार्फत गोल गर्दै चिलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, थप गोल हुन नसक्दा डिफेन्डिङ च्याम्पियन चिली पराजित हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस