आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा

AuthorAP Khabar२०७६ अषाढ २३, सोमबार (४ साल अघि) ३४२ पाठक संख्या

असार २३
काठमाडौं : नेपाल यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले उपाधिको लागि सिंगापुर वा हङकङ मध्य एकसँग खेल्ने छ । सिंगापुर र हङकङबीचको सेमिफाइनल जारी छ । ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो ।

नेपालको सहजमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे । त्यस्तै भिम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस