आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पारसको उत्कृष्ट ब्याटिङमा मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी

AuthorAP Khabar२०७६ अषाढ २८, शनिबार (४ साल अघि) ३२५ पाठक संख्या

असार २८ काठमाडौं,
कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार बिहान क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

१२९ रनको लक्ष्य पछ्याएको नेपालले १८.३ ओभर ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाए । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । त्यस्तै शरद भेषवाकारले नटआउट १६ रन जोडे। उनले २० बलमा १ चौका हिर्काए।

त्यसअघि पारससँग ओपनिङमा आएका प्रदीप ऐरीले ८ रन मात्र जोड्न सके। ज्ञानेन्द्र मल्ल २० रनमा ७ रन जोडेर आउट भए। रोहितकुमार पौडेलले ५ रन मात्र जोड्न सके।

बलिङतर्फ मलेसियाका अनुवर रहमानले दुई विकेट लिए ।

त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि ओपनर विरनदीपले सर्वाधिक ५७ रनको महत्वपूर्ण योगदान दिए । कप्तान अहमेद फायजले ४५ रन जोडे। उनले ३९ बलमा २ छक्का प्रहार गरे।

अर्का ओपनर सयेद अजिज भने शून्यमै आउट भएका थिए। उनलाई सोमपाल कामीले बोल्ड गरे। फित्री सामले १२ रन जोड्दा साफिक सारिफ २ रन र अमिमिद्दीन राम्मी ० मा पेभिलियन फर्के।

बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई/दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस