आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप क्रिकेटको फाइनल आज, उपाधिका लागि न्युजिल्याण्ड र इंग्ल्याण्ड भिडदै

AuthorAP Khabar२०७६ अषाढ २९, आईतबार (४ साल अघि) ३७६ पाठक संख्या

असार २९
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज न्युजिल्याण्ड र इंग्ल्याण्ड भिडदैछन् । लण्डनको लड्समा दिउसो सबा तीन बजे दुबै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन ।

इंग्ल्याण्ड घरेलु मैदानमा जित निकाल्दै पहिलो पटक विश्वकपको उपाधि उचाल्ने प्रयासमा हुनेछ । तुलनात्मक रुपमा न्युजिल्याण्ड कमजोर देखिएपनि इंग्ल्याण्डलाई चुनौती दिने अनुमान गरिएको छ ।

लिग चरणको खेलमा इंग्ल्याण्डले न्युजिल्यान्डलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । न्युजिल्याण्ड भारत र इंग्ल्याण्ड अष्ट्रेलियालाई हराउदै फाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस