आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य

AuthorAP Khabar२०७६ अषाढ २९, आईतबार (४ साल अघि) ३९८ पाठक संख्या

असार २९ काठमाडाैं । दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गर्ने गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोड्यो ।

नेपालका लागि विनोद भण्डारीले अर्धशतक प्रहार गरे। उनले २५ बलमा ३ चौका र ५ छक्का हिर्काउँदै ५१ रन जोडे। शरद भेषावकरले ४० रनको योगदान जोडे । उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

कप्तान पारस खड्काले २३ रन जोडे। उनले १९ बलमा समान २-२ चौका र छक्का प्रहार गरे । ओपनर पवन सर्राफ भने १० रन मात्रै जोड्ना सफल भए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले ७ रन, रोहित कुमार पौडेलले १९ रन, करण केसीले १६ रन जोड्न सफल भए ।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए। त्यस्तै सयेद अजिज र शर्भिन मुनियान्दीले एक एक विकेट लिए ।

यसअघि शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले ७ विकेटको जित हात पारेको थियो। आइतबार पनि जित हात पारे नेपालले २ खेलको सिरिज क्लिन स्विप गर्नेछ।

प्रतिक्रिया दिनुहोस