आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाजुरामा जीप दुर्घटना, २ को मृत्यु, ११ जना घाइते मध्ये ४ जनाको अवस्था गम्भीर

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ३३२ पाठक संख्या

श्रावण ३

बाजुरा,
बाजुराबाट कालिकोटको जितेगडा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

फिलुचौरबाट छुटेको क१ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा जीप चालक कैलाली टीकापुर नगरपालिका– ४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकसहित १५ जना सवार जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । यीमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको छ । अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस