आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनगढी विष्फोटमा गम्भीर घाईते भएका एकजनाको उपचार अभावमा मृत्यु

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) २५५ पाठक संख्या

२०७६ श्रावण ३;

धनगढी विष्फोटमा गम्भीर घाईते भएका एकजनाको उपचार अभावमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको हो । धनगढीस्थित माया मेट्रो अस्पतालमा हुने कम्मर पछाडिको भागमा गम्भीर चोट लागेका बझाङका राम सिंह हुन ।

उनको गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ । अस्पतालले तत्काल अर्को अस्पताल लैजान सिफारिस गरेपनि प्रहरीले चासो नदिदाँ उपचार अभावमा मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । सिंह विप्लव समूहको कार्यकर्ता भएको प्रहरीको भनाइ छ । बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे घाइते भएका छन् । उनीहरू सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यसरी भएको थियो बिस्फोट (प्रत्यक्षदर्शीको बयान )

कैलालीको धनगढी उपमहानगर–३, शहीद गेटमा भएको शक्तिशाली बम विष्फोटमा विप्लव समूहको संलग्नता देखिएको छ । विस्फोटमा घाइते भएका मध्ये बझाङका राम सिंह र कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको दाबी छ । ‘टिफिन बक्स’मा रहेको विस्फोटक पदार्थ विष्फोट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले झोला बोकेर आउने व्यक्ति राम सिंह भएको दाबी गरेको छ, जो विस्फोटमा घाइते समेत भएका छन् ।कैलालीका एसपी सुदिप गिरीले पनि विस्फोटक पदार्थ सही तरिकाले ह्याण्डल नहुँदा विस्फोट भएको हुनसक्ने आशंका गरे । उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं । मिसह्याण्डल हुँदा विष्फोट भएको हुनसक्ने देखिएको छ ।

’घटनाका प्रत्यक्षदर्शीका अनुसार केहीबेरदेखी दुईजना व्यक्ति सो स्थानमा उभिरहेका थिए । उनिहरु मध्ये एकजनाले होटलमा चिया अर्डर गरे आफुहरु दुईजनामात्रै भएपनि उनिहरले तीन कप चिया अर्डर गरेका थिए । चिया अर्डर गरेपछि दुईजनाले एकजनालाई बोलाएर होटलभित्र लगे ।

होटलभित्र पुगेर कुर्चीमा के बसेका थिए ठुलो विस्फोट भयो । विष्फोट केहीबेरदेखी सो स्थानमा झोला बोकेर उभिएका व्यक्तिकै झोलामा भएको हो । प्रत्यक्षदर्शीले घटनाबारे यसरी सुनाए

प्रतिक्रिया दिनुहोस