आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बैतडी मोटरसाइकल दुर्घटनामा हुदा वडाध्यक्षको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ३६९ पाठक संख्या

श्रावन ०३ बैतडी । मोटरसाइकल दुर्घटनामा सुर्नया गाउँपालिका –१ का वडाध्यक्षको मृत्यु भएको छ । बिहीबार साँझ बैतडीको सतबाँझबाट खोचलेक जाँदै गर्दा अध्यक्ष कलशबहादुर चन्दको दुर्घटनामा मृत्यु भएको हो ।

वडाध्यक्ष चन्द सवार से १ प १११४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको म २ प ६६३३ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएका थिए ।

मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते वडाध्यक्ष चन्दको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृतक चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । चन्द नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस