आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज देशकाे मध्य र पूर्वमा भारी वर्षा हुने अनुमान

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ३१९ पाठक संख्या

काठमाडाैं श्रावन ०३ । अाज शुक्रबार देशकाे मध्य एवं पूर्वका केही स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ, जसको कारण मनसुनी गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

महाशाखाले अाज देशका मध्य र पूर्वी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जनाउँदै हाेसियार अपानाउँन अाग्रह गरेकाे छ । महाशाखाले “भारी वर्षाका कारणा ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जानसक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ, “भन्दै सुचित गरेकाे छ । पहिलजस्तो लगातार झरी नपरे पनि बदली र वर्षा केही बढ्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण ३ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ

श्रावण ४ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी र मध्य क्षेत्रका एक दुईस्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको पुर्वी र मध्य क्षेत्रका एक दुईस्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

श्रावण ५ गते (आइतवार)

प्रतिक्रिया दिनुहोस