आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युवतीसँगै होटेलमा सुतेका युवक कोठामा झुन्डिएकाे अवस्थामा मृत फेला

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ३०८ पाठक संख्या

दाङ श्रावन ०३ । दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर निवासी अन्दाजी २७ बर्षीय रमेश हमाल होटेको कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हमाल एक युवतीसंगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल संचालकले जानकारी दिएका छन् । हमाल संगै होटेलमा रुकुमकी एक युवती पनि पुगेको प्रहरीले जानकारी दिएको छ । युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार ती युवती दलित समुदायकी हुन । उनले यो भन्दा अगाडि मृतक हमाल संग डिभोर्स गर्ने सर्तमा ५ लाख रुपैंया लगेको भन्ने खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । घटनावारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।साभार news24

प्रतिक्रिया दिनुहोस