आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चार लाखमा गोल्ड मेडल किन्ने र बेच्ने ८० हजार धरौटीमा छुटे

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ३९० पाठक संख्या

श्रावण ३

काठमाडौं– चार लाख रुपैयाँ खर्च गरेर गोल्ड मेडलिस्टको प्रमाणपत्र लिएका सुरेन्द्र कोइराला विशेष अदालतबाट ८० हजार धरौटीमा छुटेका छन्।

बिहीबार विशेष अदालतमा उपस्थित भएका कोइरालाको मुद्दामा थुनछेक आदेश गर्दै अदालतले धरौटी माग गरेको थियो।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले कोइरालासँग धरौटी माग गर्ने आदेश गरेको थियो। अदालतको आदेश अनुसार धरौटी बुझाएर उनी साधारण तारेखमा छुटेका छन्।

त्रिभुवन विश्वविधालयको परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रभावमा पारी गोल्ड मेडलिस्ट भएको आरोप लागेका कोइरालालाई तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले दायर गरेको थियो।

अदालतले अधिवक्ता समेत रहेका कोइरालासँग तीन वटा विषयमा पैसा खुबाएर नम्बर थप गरेको रहस्य खुलेको थियो। परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका कार्यरत अधिकृत राम कर्माचार्यसँग पनि ८० हजार रुपैयाँ धरौटी मागेको छ। उनी पनि उक्त रकम बुझाएर छुटेका छन्।

आयोगले दुवै जनाविरुद्ध जनही चार लाख ५० हजार रुपैयाँको बिगो दावी गरेको थियो। तीन वटा विषयमा स्नातकोत्तर गर्दा कोइरालाले त्यस भित्रका विभिन्न १५ वटा विषयको नम्बर सच्याएको आरोप लागेको थियो। गोप्य शाखाका प्रमुख कर्माचार्यले मार्क स्लिपबाट मार्क लेजरमा नम्बर सार्दा ‘थपेको तथा फेरेको’ अख्तियारको दावी थियो।

प्रतिक्रिया दिनुहोस