आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अर्कैको नाममा ट्रायल परीक्षा दिने पक्राउ

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ३२६ पाठक संख्या

श्रावन ०३

जनकपुर ;अर्कैको नाममा मोटरसाइकल चालक अनुमति पत्रको ट्रायल दिने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ का २२ वर्षीय शिवकुमार यादव छन्। महोत्तरी घर भई धनुषा, जनकपुर उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने पप्पु यादवको सट्टा शिवकुमारले ट्रायल दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धनुषा जनकपुर उपमहानगरपालिका–८ मा ज्ञानकुप माध्यमिक विधालयमा सञ्चालन भइरहेको ट्रायल परीक्षा दिने स्थानबाट पक्राउ परेका उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस