आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बुद्ध मुर्ति तोडफोड विषयमा सीसी क्यामराबाट अनुसन्धान सुरु

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ५३७ पाठक संख्या

बुटवल, ३ साउन । विश्व समुदायले शान्तिका अग्रदुतका रुपमा स्वस्कार गर्ने बुद्धका प्रतिकहरु भने बुद्धकै जन्मभूमिमा अपमानीत गर्ने प्रयास भएको छ । बुद्धको जन्मभुमी लुम्बिनीदेखि ३० किलोमिटरको दुरीमा रहेको बुद्धकै बाल क्रिडास्थल तिलोत्तमास्थित मुख्य सडकको मेडियनमा राखिएका बुद्ध मुर्तिहरु तोडफोड भएका छन् ।

बिश्वभर जनमानसले शान्ति दर्शनको प्रबर्तकका रुपमा स्विकारिएका बुद्ध आफ्नै जन्मस्थलमा अराजकहरुको आक्रमणमा परेकाछन् । सिद्धार्थ राजमार्गको बुटवल भैरहवा खण्डको तिलोत्तमामा बिहीबार मध्यराति ५ वटा बुद्धका मुर्तिहरु तोडफोड गरिएको छ । ब्यस्त राजमार्गको मध्यभागमा स्थापना गरिएको बुद्धका मुर्तिहरु अज्ञात समुहले तोडफोड गरेको हो । राजमार्ग खण्डको शंकरनगरदेखि नयां मिल सम्मका ५ वटा मुर्तिहरु योजनाबद्ध रुपमा भत्काईएको अवस्थामा पाईएको छ । ड्राइभर टोलको प्रहरी चौकीलाई मध्यभागमा पारेर त्यस वरिपरिका ५ मुर्ति तोडफोड गरिएको छ ।

राजमार्ग बीचमा राखिएको मुर्ति एकै रातमा लाईन लगाएर भत्काईएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । बिच सडकको मर्ति भत्काउनेहरुले घर पसलले नै फोड्न पनि सक्ने आशंका छ स्थानीयबासीमा ।

स्थानीबासिन्दाप्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्षलाई मध्यनजर राख्दै तिलोत्तमा नगरपालिकाले गत बैशाखमा राजमार्गमा २२ वटा बद्धका आकर्षक मुर्ति स्थापना गरेको थियो । १ सय १० किलो बढीको बुद्धका मुर्ति सडककोबीच भागमा स्थापना गरिएपछि बुद्ध जन्मभुमि लुम्बिनी आउने जाने यात्रीहरुलाई शान्तिको अनुभुति दिलाउन सकेको थियो । तर, मध्य रातमा बुद्ध मुर्ति तोडफोड गरेर धार्मिक सहिष्ण्ुातामा प्रहार गरिएको छ । मध्यरातमा सुनियोजित रुपमा मुर्ति भत्काएर धार्मिक सहिष्णुता र भातृत्व भांड्न खोजिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको ठहर छ ।

सवारी साधनबाट ब्यवस्थित हतियार प्रयोग गरी मुर्ति भत्काईएको अनुमान गरिएको छ । भत्काईएका मुर्तिहरु प्रहरीले संरक्षणका लागि जिल्ला प्रहरी कार्यालय पु¥याएको छ भने स्थानीय ब्यवसायीहरुले जडान गरेको सिसि क्यामराको सहयोग समेत लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख नायब प्रहरी उपरिक्षक भिमलाल भट्टराईले बुद्ध मर्ति तोडफोड हुनुलाई प्रहरीले गम्भिर रुपमा लिएको बताउंछन् ।

मुर्ति तोडफोड भएको स्थान प्रहरी चौकीबाट ५ मिटरको दुरीमा रहेको छ । शान्ति दर्शनको प्रणेता गौतम बुद्ध तिलोत्तमा, रुपन्देही या नेपालको मात्र सम्पत्ती हुंदै होईनन । उनी त बिश्वभरी शान्ति चाहनेहरुका लागि प्रेरणाका श्रोत हुन् । तिलोत्तमामा भएको यो सामाजिक आपराधिक घटनाले नेपाल प्रहरीको सुरक्षा संयन्त्रलाई खुल्ला चुनौती दिएको छ । एउटा दर्शनको प्रणेता माथिकै आक्रमणलाई स्थानीय प्रशासनले हलुका ढंगले लिनु हुंदैन । तोडफोडमा संलग्नहरुलाई कानुनको दायरामा ल्याएर जनतालाई शान्ति सुरक्षाको अनुभुति दिलाउन सक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस