अखिलेश कुमार यादव
रौतहट, श्रावण ३ ;
बलात्कारको आरोपमा एक प्रहरी सहायक निरीक्षक (प्रसनी) पक्राउ परेका छन् । गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसमा २० वर्षीय एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रसनी राजेन्द्र साह पक्राउ परेका हुन् ।
बारा जिल्ला गढीमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रसनी साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको पहलमा मकवानपुर प्रहरीले पक्राउ गरी जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक ९प्रनाउ० कवित कटुवालले जानकारी दिएका छन् ।
इप्रका चन्द्रनिगाहपुरले गरेको अनुसन्धानले प्रसनी साह मकवानपुरबाट तानिएका हुन् । गेष्ट हाउसको ३०६ नम्बर कोठामा बलात्कार गरेको पीडितको उजुरीको आधारमा प्रसनी साह पक्राउ परेका हुन् । पक्राउ परेका साहलाई जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप भई थप अनुसन्धानमा राखिएको प्रनाउ कटुवालले बताए ।
प्रतिक्रिया दिनुहोस