आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिहीबार बेलुका धनगढीमा भएको बम विस्फोटको जिम्मा विप्लव लियो

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ३३० पाठक संख्या

श्रावन ३ धनगढी;

बिहीबार बेलुका धनगढीमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । पार्टीका सेती–महाकाली ब्यूरो इन्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति जारी गर्दै आत्मरक्षाका लागि बोकेको बम विस्फोट भएको जनाएको छ ।

बम विस्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह ‘राजेश’लाई पार्टीले सहीद घोषणा गर्दै घाइते भएका अन्य चार जनाको उपचार खर्च पार्टीले व्यहोर्ने विज्ञप्तिमा उल्लेख छ ।

घटनाको मुख्य जिम्मेवार पुँजीवादी संसदीय व्यवस्था भएकाले उक्त घटनाको सबै जिम्मा सरकारले लिनुपर्ने विज्ञप्तीमा जनाइएको छ ।

विप्लवका कार्यकर्ताले टिफिन बक्समा राखेर बोकेको बम बिहीबार बेलुका सहीद गेट नजिकैको निलम होटेलमा चिया खाने क्रममा विस्फोट भएको थियो ।
विस्फोटमा विप्लव समूहकै कार्यकर्ता लक्ष्मण सेरालासहित अन्य ३ जना सर्वसाधारण घाइते भएका छन् । पूर्वलडाकुसमेत रहेका सेरालाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस