आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईसीसी र्‍याङ्किङ : पहिलो इंग्ल्याण्ड

AuthorAP Khabar२०७६ श्रावण ४, शनिबार (४ साल अघि) ४३६ पाठक संख्या

श्रावण ४

काठमाडौं । विश्वकप २०१९ को नतिजापछि आईसीसीले र्‍याङ्किङ सार्वजनिक गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नतिजा अनुसार विश्वविजेता इंग्ल्याण्ड पहिलो स्थानमा पर्न सफल भएको छ । उसले १२५ प्वाइन्ट प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थानमा भारत छ । उसले १२२ प्वाइन्ट प्राप्त गरेको छ । यस्तै नेपाल पन्ध्रौ स्थानमा छ ।

आईसीसी वर्ल्डकपमा च्याम्पियन बनेको (इंग्ल्याण्ड) र रनरअप (न्युजील्याण्ड) टीमका खेलाडीले ताजा वानडे र्‍र्‍याङ्किङ धमाका मच्च्चाएका हुन् । न्यूजील्याण्डका कप्तान केन विलियमसनलाई ब्याट्सम्यानको सूचीमा दुई स्थान अगाडि जाने अवसर पनि यो विश्वकपले दिएको छ । इंग्ल्याण्डका जेसन रोय पहिलो पटक शीर्ष–१० बनाउन सफल भएका छन् ।

त्यस्तै बलरमा इंग्ल्याण्डका क्रिस वोक्स ६ स्थान अगाडि आएका छन् । जुन उनको करियरको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । त्यस्तै न्यूजील्याण्डका म्याट हेनरी ५ स्थानले छलाङ मार्दै १० औं स्थानमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस