एपी खबर डेस्क
जीतपुर श्रावन १६
बरामा पौडी खेल्ने क्रममा प्रसौनी गाउँपालिका वडा नं.४ खुटवा स्थित दुधौरा खेलामा डुबेर दुई वालकको मृत्यु भएको छ
पौडी खेल्ने क्रममा दुवै जना बालकलाई खोलाले बगाउदा उनीहरु गम्भीर घाईते भएका थिए । घाईते भएका वालकहरुलाई उपचारको लागि वीरगन्जको नारायणी अस्पालमा लैजाने क्रममा वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।
अस्पताल पुग्ने वितिकै बालकहरुलाई डाक्टरले मृत घोषणा गरेका थिए । शवलाई पोष्टमार्टमको लागि वीरगन्जको नारायाणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजितकुमार राठौरले बताउनु भयो । मृत्यु हुनेहरुमा प्रसौनी गाउँपालिका वडा नं.४ का अन्दाजी बर्ष १० का अरमान अंसारी र महागढीमाई नगरपालिका गंजभवनीपुर वस्ने हाल प्रसौनीमै मामाघर वस्दै आएका राजमहम्मद अंसारीका भान्जा अरमान अंसारी नै नाम गरेको १२ बार्षिय बालक रहेको रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस