आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुईको मृत्युपछि स्थानीयले जलाए तीन एक्साभेटर

AuthorAP Khabar२०७६ श्रावण २५, शनिबार (४ साल अघि) २३७ पाठक संख्या

धादिङ ,साउन २५ : गजुरी गाउँपालिका वडा-६, दरिङ्गाल खोलामा एक्साभेटरले बनाएको खाडलमा डुबेर दुई जनाको मृत्यु भएको छ। खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर गजुरी गाउँपालिका वडा-६, ठुलिफाट दरिङाल खोलामा शनिबार बिहान १० बजे उनीहरूको ज्यान गएको हो।

सुमन तामाङ (२२) र भीम तामाङ (१८) खोलामा डुबेरे ज्यान गएपछि आक्रोशित स्थानीयले खोलामा रहेको तीनवटा स्काभेटरमा आगजनी गरेका हुन्। मृतक दुवैकाे गजुरी गाउँपालिका-७ किरान्चोकका स्थानीय हुन् ।

खोलामा डोजर लगाउन नपाउने भन्दै स्थानीयको आन्दोलनपछि प्रशासनले कडाइ गरे पनि राति अवैध रूपमा एक्साभेटर लगाउने गरिएको थियो। स्थानीयले अरू स्काभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस