आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकदिवसीय वरीयतामा नेपाल एक स्थान झर्‍यो

AuthorAP Khabar२०७६ भाद्र ६, शुक्रबार (४ साल अघि) ३८१ पाठक संख्या

काठमाडौं, भदौ ६ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।आइसीसीले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा एक स्थान तल झरेर नेपाल १६औं स्थानमा पुगेको छ ।

यसअघि, नेपाल १५औं स्थानमा थियो ।वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्यान्ड, चौथोमा अष्ट्रेलिया, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा पाकिस्तान र सातौं स्थानमा बंगलादेश छ ।त्यस्तै, आइसीसी टी–२० वरीयतामा भने नेपाल ११औं स्थानमा यथावत् रहेको छ । टी–२० वरीयतामा नेपालभन्दा तल दुई टेस्ट राष्ट्र जिम्बाब्वे र आयरल्यान्ड छन् ।

टी–२० वरीयतामा पाकिस्तान पहिलो स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।यस्तै, भारत, अष्ट्रेलिया, न्यूजिल्यान्ड र अफगानिस्तान क्रमशः चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा छन् ।
इमेजखबर ;

प्रतिक्रिया दिनुहोस