आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कीर्गिस्तान सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियन

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ३७६ पाठक संख्या

काठमाडौं, भदौ ७ : कीर्गिस्तानले पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानले उपाधि जितेको हो ।लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनलमा कीर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४, २७–२५ र २–१९ को सेटमा हरायो ।

समूह ‘ए’बाट विजेताकारुपमा रहेको कीर्गिस्तानले सेमिफाइनलमा साविक विजेता तुर्कमेनिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।उज्वेकिस्तानले पनि समूह ‘बी’बाट विजेताकारुपमा सेमिफाइनलमा पुगेर माल्दिभ्सलाई हराउँदै फाइनलमा पुगेको थियो ।

यसअघि, शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमेनिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो।यस्तै, पाँचौं स्थानको ‘प्लेअफ’मा नेपालले अफगानिस्तानलाई हराएको थियो ।एसियन भलिबल संघको संयोजनमा नेपाल भलिबल संघले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा ७ टोलीले सहभागिता जनाएका थिए ।
इमेजखबर :

प्रतिक्रिया दिनुहोस