आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जोलिनटनको निर्णायक गोलले न्युकासल विजयी, टोटेनहम घरेलु मैदानमा पराजित

AuthorAP Khabar२०७६ भाद्र ९, सोमबार (४ साल अघि) ३४१ पाठक संख्या

काठमाडौं, भाद्र ९ : इङ्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम घरेलु मैदानमै पराजित भएको छ ।
गएराति भएको खेलमा टोटेनहम न्युकासल युनाईटेडसँग १–० गोल अन्तरले पराजित भएको हो ।न्युकासललाई जित दिलाउन जोलिनटनले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा गोल गरेका थिए ।टोटेनहमलाई हराएसँगै न्युकासलले पहिलो जित निकालेको छ । जितसँगै न्युकासलले ३ खेलबाट ३ अंक जोडेको छ । टोटेनहमको यो पहिलो हार हो ।

टोटनहमले ३ खेलबाट ४ अंक जोडेको छ । प्रिमियर लिग अन्तर्गत गएराति नै वुल्भ्स र बर्नलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।यसैबीच स्पेनिस लिग फुटबलमा एन्टोनी ग्रिजम्यान चम्किएपछि बार्सिलोनाले प्रभावशाली जित निकालेको छ ।गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जिताउन एन्टोनी ग्रिजम्यानले दुई गोलको योगदान गरे । योसँगै बार्सिलोनाले स्पेनिस लिगमा पहिलो जित दर्ता गरेको छ ।उसले २ खेलबाट ३ अंक जोड्दै तालिकाको नवौ स्थानमा उक्लिएको छ भने रियल वेटिस अंकबिहिन हुँदै ताकिकाको पुछारमा रहेको छ ।

इमेजखबर ;

प्रतिक्रिया दिनुहोस