आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिल्बाओ ला लिगाको शीर्ष स्थानमा

AuthorAP Khabar२०७६ भाद्र १४, शनिबार (४ साल अघि) ६०९ पाठक संख्या

भाद्र , १४ : एथ्लेटिक बिल्बाओ स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बिल्बाओले रियल सोसियडाडलाई २–० गोलले हरायो ।

घरेलु मैदानमा भएको एकपक्षीय खेलमा बिल्बाओलाई जिताउन इनाकी विलियम्सले ११औं र राउल गार्सियाले २८औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा बिल्बाओ सजिलै विजयी भयो । जितसँगै शीर्ष स्थान ओगटेको बिल्बाओले तीन खेलबाट सात अंक बनाएको छ । समान खेलबाट चार अंक बनाएको सोसिइडाड नवौँ स्थानमा छ ।
ला लिगाकै अर्को खेलमा सेभिया र सेल्टाभिगोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छनन् ।

घरेलु मैदानमा सेभियाले ८१ औँ मिनेटमा फ्रान्को भाजक्वीजको गोलका अग्रता लिएको थियो । तर ८४औं मिनेटमा सेल्टाभिगोका डेनिस स्वारेजले बराबरी गोल फर्काएका थिए ।

त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा एक एक अंक बाँडे । बराबरीसँगै तीन खेलबाट सात अंक बनाएको सेभिया दोस्रो स्थानमा छ । समान खेलबाट चार अंक बनाएको सेल्टाभिगो आठौं स्थानमा छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस