आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युएस ओपन टेनिसमा सेरेना विलियम्स चौथो चरणमा प्रवेश

AuthorAP Khabar२०७६ भाद्र १४, शनिबार (४ साल अघि) ३६४ पाठक संख्या

काठमाडौं, भाद्र १४ : युएस ओपन टेनिसको महिला तर्फको प्रतिष्पर्धामा सेरेना विलियम्स चौथो चरणमा प्रवेश गरेकी छन् ।तेस्रो चरण अन्तर्गत गए राति भएको खेलमा सेरेनाले चेक गणतन्त्रकी कारोलिना मुखोवालाई ६–३ र ६–२ को सेटमा पराजित गरिन् ।

६ पटककी विजेता सेरेना सहज जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएकी हुन् । दोस्रो बरियताकी एशली बार्टी पनि चौथो चरणमा पुगेकी छन् ।३० औँ बरिताकी ग्रीक खेलाडी मारिया साकारीलाई ७–५ र ६–३ को सेटमा पराजित गरेर उनले अघिल्लो चरणमा स्थान बनाएकी हुन् ।

यस्तै तेस्रो बरियताकी कारोलिना प्लिस्कोवाले ट्युनिसियाकी ओन्स जाबेउरलाई ६–१, ४–६ र ६–४ को सेटमा पराजित गरेर चौथो चरणमा स्थान बनाएकी छन् ।

यस्तै पुरुषतर्फ रोजर फेडेरर युएस चौथो चरणमा प्रवेश गरेका छन् । बेलाती खेलाडी ड्यान इभान्सलाई पराजित गर्दै स्वीस फेडेररले चौथो चरणमा स्थान पक्का गरेका हुन् ।फेडेररले इभान्सलाई ६–२, ६–२ र ६–१ को सेटमा पराजित गरेका हुन् । पाँच पटकका विजेता फेडेरर गएको वर्ष अन्तिम १६ बाटै बाहिरिएका थिए ।

उनले चौथो चरणमा १५ औँ बरियताका डेविड गोफिनसँग प्रतिस्पर्धा गर्ने छन् । सातौं वरियताका जापानी खेलाडी केई निशिकोरी भने तेस्रो चरणबाटै बाहिरिएका छन् ।उनलाई २० वर्षे अस्ट्रेलियन खेलाडी एलेक्स डी मिनाउरले ६–२, ६–४, २–६ र ६–३ को सेटमा पराजित गरेका हुन् । एलेक्स कुनै पनि ग्राण्डसलामको चौथो चरणमा प्रवेश गरेको यो पहिलो पटक हो ।
इमेजखबर :

प्रतिक्रिया दिनुहोस