भाद्र , १५ : एक गोलले पछि परेको स्थिति उल्टाउँदै डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले माइन्जलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ ।जिन पाउन बोइटसले पाहुना टोलीलाई खेलको छैटौँ मिनेटमा नै अग्रता दिलाएका थिए ।तर, पहिलो हाफको अन्त्यतिर बेन्जामिन पाभार्ड र डेभिड अलाबाले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।दोस्रो हाफमा बायर्नका लागि इभान पेरिसिच, किङ्ग्सले कोमान, रोबर्ट लेवान्डोस्की र अल्फोन्सो डेभिसले गोल गर्दै फराकिलो जीत दिलाए ।
बायर्नले पछिल्लो दुई खेलमा माइन्जबिरुद्ध १२ गोल गरेको छ । गत सिजन बायर्न ६–० ले विजयी भएको थियो ।जीतसँगै बायर्न ३ खेलबाट सात अंकसहित जर्मन बुन्डेस लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।शीर्ष स्थानमा रहेको रेडबुल लेइपजिगले बोरुसिया मोचेनग्लाडब्याचलाई शुक्रबार ३–१ गोल अन्तरले हराएको थियो । लेइपजिगको ३ खेलबाट नौ अंक रहेको छ ।उता, लिग दाबेदार बोरुसिया डर्टमण्ड भने युनियन बर्लिनसँग ३–१ गोलअन्तरले स्तब्ध बनेको छ ।
बर्लिनका लागि माउरिस बल्टरले दुई तथा सबास्टियन एन्डरसनले एक गोल गरे ।डर्टमण्डका लागि एक मात्र गोल पाको अल्कासेरले गरे ।अन्य खेलमा साल्केले हरेथा बर्लिनलाई ३–० ले पराजित गर्यो ।बायर लेभरक्युसनले होफनहायम र वुल्फसवर्गले पाडेरबोर्नसँग बराबरी खेल्यो ।
रातोपाटि ;
प्रतिक्रिया दिनुहोस