आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पीएसजीमै थन्किए नेयमार

AuthorAP Khabar२०७६ भाद्र १८, बुधबार (४ साल अघि) ६६९ पाठक संख्या

भाद्र , १८ : वर्षभर ट्रान्सफर बजारमा छाएका नेयमार पछिल्लो समय बार्सिलोना जाने चर्चा खुबै चलेको थियो । नेयमारलाई भित्र्याउन बार्सिलोनासँगै रियल म्याड्रिड पनि कम्मर कसेर लागेको थियो । तर अन्तिममा दुबै क्लबको प्रस्तावलाई पीएसजीले स्वीकार गरेन ।स्पेनिस लिगको खेलाडी ट्रान्सफरको समय सोमबारसम्म थियो । अन्तिमसम्म पनि नेयमारलाई बार्सिलोना फर्काउने विषयमा बार्सिलोना र पीएसजीका पदाधिकारीबीच छलफल भएको थियो । तर, पीएसजीले ठूलो रकम सहित विभिन्न सर्त राखेकाले नेयमारको ट्रान्फर सफल भएन । नेयमार दुई बर्षअघि दुई सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका थिए ।

पीएसजी गएपछि नेयमारले बार्सिलोनाले आफुलाई २६ मिलियन युरो नदिएको भन्दै स्पेनको अदालतमा मुद्दा दायर गरेका थिए । त्यसपछि बार्सिलोनाले पनि नेयमारबाट क्लबले उल्टै ७५ मिलियन युरो पाउनु पर्नेमा नदिएको भन्दै मुद्दा दायर गरेको थियो ।यस मुद्दाको फैसला यही सेप्टेम्र २७ तारिख हुँदैछ । बार्सिलोना जाने इच्छा सफल नभएपनि नेयमारको भेट अब बार्सिलोनाका पदाधिकारीसँग अदालतमा हुनेछ ।

२७ वर्षीय नेयमारले पिएसजीमा दुई सिजनमा ५८ खेल खेल्दै ५१ गोल गरेका छन् । यस अघि बार्सिलोनामा उनले चार सिजन खेल्दै एक सय ८६ खेलमा एक सय पाँच गोल गरेका थिए ।ब्राजिलका महत्त्वपूर्ण खेलाडी उनले राष्ट्रिय टोलीबाट ९७ खेल खेल्दै ६० गोल गरेका छन् ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस