आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भिएआर रुममा खेलाडी छिरे ‘सेन्ट अफ’

AuthorAP Khabar२०७६ भाद्र १८, बुधबार (४ साल अघि) ३८० पाठक संख्या

भाद्र , १८ : पछिल्लो समय भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)को सहायतामा एकपछि अर्को निर्णय परिवर्तन हुँदै आएको छ । यसको कतिपयले आलोचना गर्ने गरेका छन् भने धेरैले सही सदुपयोग हुने गरेको बताउँदै आएका छन् ।यस्तोमा पछिल्लो समय यसको निर्णयलाई लिएर खेलाडी आक्रामक देखिन थालेको भन्दै अब खेलाडी, प्रशिक्षक या अफिसियललाई भिओआर (भिडियो अप्रेसन रुम) भित्र छिर्न निषेध गरिएको छ । यदि कुनै खेलाडी भिओआरमा छिरेमा उसलाई ‘सेन्ट अफ’ गरिने जनाइएको छ ।

कतिपय खेलाडीको खराब व्यवहारका कारण उक्त रुममा काम गर्ने कर्मचारीलाई तनाव हुने गरेकाले अब अधिकार प्राप्त व्यक्ति मात्र भिओआरमा जान सक्ने बताइएको छ । परिवर्तन गरिएको नयाँ नियमममा भनिएको छ, ‘अब अधिकार प्राप्त व्यक्तिलाई मात्र भिओआरमा प्रवेश दिइनेछ, जसमा मुख्य रूपमा भिडियो असिस्टेन्ट रेफ्री, असिस्टेन्ट भिएआर र रिप्ले अपरेटर रहनेछन् ।’ केही समयअघि न्युक्यासलका खेलाडी भिओआरमा प्रवेश गरी उक्त स्थानमा काम गर्ने कर्मचारीमाथि दुव्र्यवहार गर्ने प्रयास गरेपछि नयाँ नियम बनाइएको हो ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस