आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेयमारको गोलमा ब्राजिलको बराबरी

AuthorAP Khabar२०७६ भाद्र २१, शनिबार (४ साल अघि) ३६१ पाठक संख्या

भाद्र , २१ : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता ब्राजिलले नै बनाएको थियो । १९औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।ब्राजिलको अग्रता लामो समय टिकेन । २५औं मिनेटमा लुइस मुरिएलले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए । ३५औं मिनेटमा मुरिएलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अगाडी बढाए ।पहिलो हाफमा पछि परेको ब्राजिललाई दोस्रो हाफमा नेयमारले उद्धार गरेका थिए । ५८औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई हारबाट जोगाए ।

कोपा अमेरिका अघि चोट बोक्दै लामो समय मैदान बाहिर रहेका नेयमार यही खेलबाट ब्राजिलियन टोलीमा फर्किएका हुन् ।यसैगरी शनिबार नै भएको अर्को मैत्रीपूर्ण खेलमा उरुग्वेले कोस्टारिकालाई २–१ गोलले पराजित गरेको छ ।उरुग्वेको जितमा जर्जियन डे एरेस्केइटाले ४२औं र जोनाथन रोड्र«ीग्वेजले ९०औं मिनेटमा गोल गरे । कोस्टारिकाका सेल्सो बोर्गेसले ४८औं मिनेटमा एक गोल गरेका थिए ।

अर्को मैत्रीपूर्ण खेलमा मेक्सिकोले अमेरिकालाई ३–० गोलले हराएको छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस