आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सांसदको प्रस्ताव : अंगीकृत नागरिकका सन्तानलाई ७ पुस्तापछि मात्रै वंशज नागरिकता !

AuthorAP Khabar२०७६ भाद्र २५, बुधबार (४ साल अघि) ३८४ पाठक संख्या

काठमाडौं ,भदौ २५ : सांसद झपट रावलले अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रस्ताव गरेका छन् ।बुधबार राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल गर्दै उनले वैवाहिक अंगीकृत नागरिकता भने नेपालमा विवाह गरेर आएको १० देखि १५ वर्षपछिमात्रै दिनुपर्ने बताए ।

‘वैवाहित अंगीकृत नागरिकता विवाह गरेर आएको र नेपालमा लगातार १० देखि १५ वर्ष बसेकालाई मात्रै दिनुपर्छ र अंगीकृत नागरिकका सन्तानलाई ५ देखि ७ पुस्ता नेपालै बसेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रवधान राख्नुपर्छ’ उनले भने ।

त्यस्तै सांसद प्रेम सुवालले पनि अंगीकृत नागरिकता लिनेको सन्तानलाई अंगीकृत नागरिकता नै दिनुपर्ने र १५ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताए ।

अनलाइनखबर;

प्रतिक्रिया दिनुहोस