एपी खबर
जीतपुर, अशोज ९ : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा चोकमा ट्राफिक प्रहरीले ट्राफिक विटको स्थापना गरेको छ । निर्माणाधिन ६ लेन ब्यापारीक मार्गमा ट्राफिक ब्यवस्थापन गर्ने उद्धेश्य सहित यस विटको स्थापन गरीएको हो ।
बुधवार एक औपचारीक कार्यक्रमको आयोजनाका बिच ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्णप्रसाद गैरेले यस विटको औपचारीक रुपमा उद्घाटन गर्नुभएको थियो । चोकमा बिट मात्र भए त्यसबाट ट्राफिक समस्या आधि सामाधान हुने उहाँको भनाई थियो ।
यस कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्द पुरी, सिमरा ट्राफिक बिटका प्रमुख चन्द्र श्रेष्ठ, जग्दम्बा स्टिलका पवन अग्रवाल लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस