एपी खबर
सिमरा, २४ अशोज : “संसारका मजदुर एक हौ” भन्ने नाराका साथ कमरेड महमुद आलमको सातौँ स्मृति कार्यक्रम बाराको परवानिपुरमा सम्पन्न भएको छ । नेकपा जील्ला कमिटि बाराले आलमको स्मृतिमा यस कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा कम्युनिष्ट आन्दोलनका एक अग्रज नेताको रुपमा परिचित आलमको तस्विरमा उपस्थित सबैले फुलमाला लगाएर सम्मान ब्यक्ता गरेका थिए । बारामा स्व. आलमले पार्टिलाई अगाडी बढाउन खेल्नुभएको भुमिका र जनमानसको उहाँ प्रतिको अटुट लगावको बारेमा सबैले मुक्त कण्ठले प्रशन्सा गरेका थिए ।
नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल) को सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा स्थायी कमिटिका सदस्य एवम पुर्व मन्त्रि प्रदेश नम्बर २ का प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मण्डलले स्व. आलमले पार्टिको लागि गरेको योगदानको कदर हुन नसकेको बताउनुभएको थियो । उहाँले कम्युनिष्ट आन्दोलनको संवाहकको रुपमा रहेका आलमले देखाएको बाटोमा हिड्न आवश्यक रहेको समेत सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा बाराका ईन्चार्ज बलबरि चौधरी, नेकपाका बारा सह इन्चार्ज अत्युत मौनाली, नेकपाका केन्द्रिय सदस्य एवम पर्साका ईन्चार्ज दिनेश राई, नेपा खेलकुद महासंघका अध्यक्ष पुरुषोतम पौडेल, नेकपा पर्साका अध्यक्ष प्रमु हजरा, नेकपा प्रदेश नम्बर २ का प्रदेश कमिटि सदस्य सिता गुरुङ्ग, जयराम दहाल, त्रिलोकी चौधरी, लालकिरण, छविलाल उप्रती, तपेश्वर चौधरी, राजन पौडेल, गिता कडेल, छटु यादब, कमलेश झा, रबि दंगाल, प्रभु यादब, जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेल, नगर उपप्रमुख सरस्वती चौधरी लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सदस्य सुन्दर विकले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस