‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहितको २२ पृष्ठको प्रतिबद्धतापत्रमा प्रतिपक्षीका रूपमा पार्टीको २१ महिना, कांग्रेसको नेतृत्वमा भएको ऐतिहासिक उपलब्धि, वर्तमान सरकारले २१ महिनामा गर्न नसकेका कामलगायत विषय समेटिएका छन् ।
प्रतिबद्धतापत्रमा कांग्रेसका संस्थापक बिपी कोइरालाको कार्यकालदेखि गणतन्त्रसम्म कांग्रेस नेतृत्वको सरकारले गरेका आर्थिक, समाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भएका प्रगतिका बारेमा विस्तृत उल्लेख गरिएको छ ।
त्यस्तै प्रतिबद्धतापत्रमा राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तार, निर्मला प्रकरण, मूल्यवृद्धि, वाइडबडी छानबिन प्रकरण, बूढीगण्डकी आयोजना, चिकित्सा शिक्षा, प्रेस स्वतन्त्रता, गुठी विधेयक, बालुवाटारकाण्डलगायत २१ प्रकरणमा वर्तमान सरकार असफलता भएको समेत उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस