आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देशकै सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पस नौ करोड घाटामा

AuthorAP Khabar२०७६ मंसिर १३, शुक्रबार (४ साल अघि) ५१४ पाठक संख्या

मंसिर १३ काठमाडौं ।

देशकै सबैभन्दा पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस नौ करोड घाटामा गएपछि क्याम्पस प्रशासनले शिक्षण शुल्क ११० प्रतिशतले बढाएको छ । क्याम्पसले १२ वर्षको अन्तरालमा शुल्क समायोजन गरेको जनाएको छ ।

त्रिचन्द्र विज्ञान र मानविकी संकायतर्फको शिक्षण शुल्क बढाएको जनाएको छ । विज्ञान र मानविकी संकायमा बढी आर्थिक भार बढेपछि विद्यार्थीलाई जानकारी गराएरै शुल्क बढाइएको सहायक क्याम्पस प्रमुख जनक ढुंगानाले जानकारी दिए ।

उनका अनुसार गत वर्ष क्याम्पसले १ करोड ६४ करोड लाख रुपैयाँ घाटा बेहोरेको छ । लामो समयदेखि शुल्क समायोजन नहुँदा विद्यार्थीबाट उठेको अधिकांश रकम करारका शिक्षकको तलबमा खर्च भएपछि वृद्धि गरिएको ढुंगानाले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस