आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गृहमन्त्रीदेखि मेयरसम्मलाई सर्वोच्चमा मुद्दा

AuthorAP Khabar२०७६ मंसिर १४, शनिबार (४ साल अघि) ४२५ पाठक संख्या

मंसिर १४ काठमाडौं

 गृहमन्त्री रामबहादुर थापा र काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य अवहेलनाको मुद्दा दायर भएको छ । सर्वोच्च अदालतले फैसला कार्यान्वयन नगरेको भन्दै काठमाडौं महानगरका मेयरविरुद्ध अवहेलानाको मुद्दा दायर भएको हो ।

१६ भदौ ०७२ मा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासबाट अनधिकृत रुपमा राखिएको होर्डिङ बोर्ड, विज्ञापन बोर्डलगायत हटाउन फैसला भएको थियो । तर, सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि अवहेलनाको मुद्दा दायर भएको हो । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

सर्वोच्च अदालत फैैसला कार्यान्वयन निर्देशनालयबाट ११ पटक फैसला कार्यान्वयन गर्न ताकेता कार्यान्वयन नभएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले गृहमन्त्री थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सहरी विकासमन्त्री मोहमद इस्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, महानगरप्रमुख शाक्य महानगरकै प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ, नगरप्रहरी महाशाखाका प्रमुख धनपति सापकोटा र जनकराज दाहाललाई विपक्षी बनाई अवहेलनाको मुद्दा दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस