आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सभामुखको अधिकार खोज्दै उपसभामुख

AuthorAP Khabar२०७६ मंसिर १५, आईतबार (४ साल अघि) ४०३ पाठक संख्या

मंसिर १५ काठमाडौं ।

प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार खोज्न थालेकी छन् ।

सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको अधिकार मात्रै पाएकी उनले सभाले आह्वान गर्ने बैठकदेखि पारित विद्येयक प्रमाणिकरण गर्ने विषयमासमेत चासो देखाउन सुरु गर्दै सक्रियता देखाउन थालेकी हुन् ।

संविधान र प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीले दिएको अधिकारभन्दा बाहिर गएर उपसभामुखले अधिकार खोजेको भन्दै उनको आलोचनासमेत हुन थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस