आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साग पुरुष क्रिकेट : पहिलो खेलमा नेपालको हार

AuthorAP Khabar२०७६ मंसिर १७, मंगलबार (४ साल अघि) ३११ पाठक संख्या

काठमाडौँ : १३औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । १७३ रनको लक्ष्य श्रीलंका यू–२३ टोलीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि सुशन भारी, करण केसी र सोमपाल कामी र पवन सर्राफले १/१ विकेट लिए ।

यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरी शानदार व्याटिङ गरेपछि नेपालले राम्रो स्कोर बनाएको हो ऐरीले ४४ बलमा ४ चौका र ३ छक्कासहित ७२रन बनाएर अविजित रहे ।  ओपनिङमा आएका पारस खड्का ५ बल खेल्दा १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले २० बलमा २१ रन बनाए। विनोद भण्डारीले २१, आरिफ शेखले १९, पवन सर्राफले पनि १३ बलमा २२ रन बनाएर ।  महत्वपूर्ण योगदान गरे।

श्रीलंकाका लागि किमिन्दु मेन्डिसले नेपालको २ विकेट लिए ।

सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको श्रीलंकाको पहिलो विकेट गुमेपछि नेपाल खेलमा फर्किएको थियो । सस्तैमा ३ विकेट लिए पनि चौँथो विकेटका लागि सम्मु असन र निशान मुदुस्काले ठूलो साझेदारी गरेपछि नेपाल पहिलो जितबाट चुकेको हो ।

प्रतिक्रिया दिनुहोस