आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अहिलेसम्म बनेन सुन निक्षेप योजनाको कार्यविधि

AuthorAP Khabar२०७६ मंसिर १८, बुधबार (४ साल अघि) ४१० पाठक संख्या

मंसिर १८ काठमाडौं ।

चालु आर्थिक वर्षको बजेटमा नेपाली नागरिकले सम्पत्तिका रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गर्ने सरकारको घोषणा हालसम्म पनि कार्यान्वयनमा आएको छैन ।

नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउन चासो नदेखाउँदा मौद्रिक नीतिमा समेत समेटिएको उक्त कार्यक्रम अघि बढ्न सकेको छैन । यसबारे अर्थमन्त्री डा। युवराज खतिवडाले चासो देखाएका छन् ।

गत हप्ता अर्थ मन्त्रालयमा आयोजित विकास समाधान समितिको बैठकमा गभर्नर डा। चिरञ्जीवी नेपाललाई तत्काल कार्यविधि बनाउन अर्थमन्त्री खतिवडाले निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस