आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतसँगको हारपछि प्रशिक्षक हरि खड्का र कप्तान निरु थापाको सन्न्यास

AuthorAP Khabar२०७६ मंसिर २३, सोमबार (४ साल अघि) २९९ पाठक संख्या

मंसिर २३ काठमाडौँ,
भारतसँग पराजित भएपछि नेपाली महिला टोलीका प्रशिक्षक हरि खड्काले पदबाट राजिनामा दिएका छन् । सोमबार १३ औं सागमा भारतबाट २–० ले पराजित भएपछि खड्काले नैतिकताका आधारमा राजिनामा दिएका हुन् ।

“स्वर्णपदकका लागि हामीले भारतलाई हराउन सकेनौं । त्यसैले नैतिकताका आधारमा म राजिनामा दिन्छु”, खेलपछि पत्रकारसँग कुरा गर्दै खड्काले भने ।

त्यस्तै भारतसँग पराजित भएलगत्तै नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान निरु थापाले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास घोषणा गरेकी छन् ।

उनीसँगै अर्की डिफेन्डर मनमाया लिम्बूले पनि सन्न्यास लिएकी छन् ।

खड्काकै प्रशिक्षकत्वमा गतवर्ष भारतमा सम्पन्न प्रतियोगितामा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको थियो । गत फागुनमा भएको अर्को साफमा भने नेपाल भारतसँग पराजित भएको थियो ।

खड्का गतवर्ष जेठमा राष्ट्रिय महिला टोली प्रशिक्षकमा नियुक्त भएका थिए । फाइनलमा भारतसँग हारपछि नेपाल रजत पदकमा सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस