आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साग)अन्तर्गत पौडीमा गौरिका सिंहको कीर्तिमान

AuthorAP Khabar२०७६ मंसिर २३, सोमबार (४ साल अघि) ३४१ पाठक संख्या

मंसिर २३ काठमाडौं ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले कीर्तिमान बनाएकी छिन । उनले आज कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी शिवाङ्गी शर्माले रजत जितिन् ।

उनले उक्त दूरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरिन् । गौरिकाले एउटै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी हुन् । यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल तथा चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् ।

उनले सागमा नेपालका लागि सर्वाधिक चार स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेकी छिन् ।

दीपकले सागको चार संस्करणमा चार स्वर्ण जितेका थिए भने गौरिकाले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै इतिहास बनाइन् । उनले दुई रजत र दुई कास्य पदकसमेत जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस