आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२७ वर्षदेखि ४ सन्तान कोठाभित्र

AuthorAP Khabar२०७६ मंसिर २४, मंगलबार (४ साल अघि) ३६७ पाठक संख्या

मंसिर २४ काठमाडाैं

उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित चुहाडे बजारदेखि १ किलोमिटर परको दुरीमा एउटा झुप्रो घर भेटिन्छ । एउटा मात्र कोठा रहेको घरभित्र तीनवटा ढुंगा गाडेर बनाएको अगेनो, एकछेउमा भार पकाउने कसुडी, छेउमा दुईवटा खाट जोडेर बनाएको ओछ्यान छ ।

बाहिरबाट ढोकाको चुकुल लागेको छ, भित्र चार दाजुभाई नांगै खेलिरहेको दृश्य प्वालबाट सहजै देख्न सकिन्छ । बाहिर निस्कने बेला मात्र उनीहरुलाई कपडा लगाएर निकालिन्छ । त्यहीभित्र खेल्ने र दिसापिसाब गर्ने गर्दछन् ।

यो समस्या चुहाडेका जितबहादुर दनुवारको हो । भएका चार सन्तान सबै सुस्त ! त्यसमा पनि स्यहारसुसार गर्ने आमा नहुनु । मानिसको व्यक्तिगत जीवनमा योभन्दा कहालीलाग्दो अरु के नै हुन सक्छ र ? यो पनि सम्पत्तिको नाममा जम्मा ५ धुर जग्गा । त्यसभित्र निर्मित एक कोठे झुप्रो घर ।

२७ वर्षदेखि एउटै कोठामा छोराहरुले गरेको दिसापिसाब सरसफाई गर्दै जितबहादुर जीवन बिताउने गर्दछन् । ६ जनाको परिवारमध्ये पत्नीको तीन वर्षअघि मृत्यु भएको थियो, चार छोरा रोगबाट ग्रसित छन् ।

आर्थिक अवस्था कमजोर रहेको दनुवार परिवार २७ वर्षीय भरत, २५ वर्षीय पर्वत, २२ वर्षीय जयराम र १८ वर्षीय सितारामलाई एउटै कोठामा थुनेर दुई छाक टार्न बनिुबुतो गर्न बाध्य छन् । अन्नपुर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस