आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साग : भुटानलाई २-१ ले हराउँदै नेपालले जित्यो स्वर्ण पदक

AuthorAP Khabar२०७६ मंसिर २४, मंगलबार (४ साल अघि) ३५४ पाठक संख्या

मंसिर २४ काठमाडौँ,

दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ । मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो ।

नेपालका लागि खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।

कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए ।

खेलको ५३ औं मिनेटमा सुनिल बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन नसक्दा सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो। साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा तेस्रो ।

प्रतिक्रिया दिनुहोस