आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा

AuthorAP Khabar२०७६ मंसिर २५, बुधबार (४ साल अघि) ४९१ पाठक संख्या

मंसिर २५ काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदको हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ ।

पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपा नेता एवं जेष्ठ सदस्य महन्त ठाकुरले गर्नुहुने भएको छ ।

संसदको नियमावलीमा रहेको व्यवस्थाअनुसार प्रतिनिभिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन् ।

सभामुख नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ । तर यौन दुर्व्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिष्पर्धा गर्न नपाउने भएकाले नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउन लागेको हो ।

सभामुख आफ्नो पार्टीले लिँदा उपसभामुख अन्य वार्टीलाई दिने नेकपाले तयारी गरेको छ । उपसभामुख तुम्बाहाम्फेले भने सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ भएपछि मात्रै आफूले राजीनामा दिने बताउनुभएको छ । अन्नपूर्ण पोष्ट्मा समाचार छ ।

प्रतिक्रिया दिनुहोस