आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही पाँच लाख दिइने, गौरिकाले ५६ लाख पाउने

AuthorAP Khabar२०७६ मंसिर २५, बुधबार (४ साल अघि) ३६१ पाठक संख्या

मंसिर २५ काठमाडौ,

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ।  बुधबार सागका पदक विजेता खेलाडीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी ओलीले यस्तो घोषणा गरेका हुन्।

प्रधानमन्त्रीले खेलाडीलाई सम्मान गर्दै प्रोत्साहन स्वरूप जनही पाँच लाख दिने घोषणा गरेका हुन् । यसका साथै प्रशिक्षकलाई पनि पाँच लाख दिइने भएको छ। मंगलबार भएको फाइनलमा भुटानलाई २-१ अन्तरले हराउँदै नेपालले स्वर्ण जितेको थियो।

यस्तै गरि प्रधानमन्त्रीले सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने घोषणा गरेका छन् । यस हिसाबले  नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबैभन्दा धेरै पाउने भएकी छन् ।

गौरिकाले सागमा ४ स्वर्ण र २ रजत जितेकी छन् । उनले ४ स्वर्णको ४४ लाख र २ रजतको १२ लाख गरि कम्तिमा ५६ लाख पाउने छिन्।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस