आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा अध्यक्षद्वयको निष्कर्ष : पार्टीमा गुट झाँगिन थाले

AuthorAP Khabar२०७६ मंसिर ३०, सोमबार (४ साल अघि) ४९७ पाठक संख्या

मंसिर ३० काठमाडौं

 नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकीकरणमा भएको ढिलाइका कारण पार्टीमा गुटहरु झाँगिदै जाँदा सरकारको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेका छन् ।

एक वर्षपछि पार्टी कार्यालय धुम्बाराहीमा आइतबार शुरु भएको स्थायी समिति बैठकमा दुवै अध्यक्षका तर्फबाट दाहालले पेस गरेको प्रतिवेदनमा पार्टी अन्योलग्रस्त रहेको समेत बताइएको छ । ‘पार्टी संस्थागत छैन ।

विभिन्न प्रकारका गुट झाँगिदै जान थालेका छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्ति बढिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

एकीकरण प्रक्रियामा भएको ढिलाइले उत्पन्न अन्योल, आशंका र निराशा तथा सरकारको कामकारबाहीमा प्रभावकारीता लागि पार्टीले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाको कमीले उत्पन्न समस्यालाई पार्टी नेतृत्वले उचित समिक्षा, आत्मलोचना र जिम्मेवारी लिने प्रतिवेदनमा उल्लेख गरिएको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस