पौष १४ काठमाडौँ,
सिटिजन बैंक थानकोटको एटिएम फोरेर पैसा चोरी गर्दै गरेका दुइ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका ७ थानकोटमा रहेको शाखाको एटिएमबाट गएराति उनीहरुलाई चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मुगु जिल्लाको सोरू गाउँपालिका ६ घर भएका २४ वर्षीय चित्र बहादुर शाही र सोही स्थानका २० वर्षीय नन्दराज धराल रहेको प्रहरीले जनाएको छ । दुवैजना हाल थानकोटमै बस्दै आएको खुलेको छ ।
थानकोट प्रहरीका अनुसार उनीहरुले एटिएमको सटरमा लगाइएको ताल्चा खोलेर मेसिन फुटाइ सकेका थिए । पक्राउ परेका दुवैजनामाथि थप अनुशन्धान भइरहेको छ । शनिबार राति पक्राउ परेका उनीहरुलाइ आज सार्वजनीक गरिएको हो ।
प्रतिक्रिया दिनुहोस