आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज पुस १७ गते, बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

AuthorAP Khabar२०७६ पौष १७, बिहिबार (४ साल अघि) ३७९ पाठक संख्या

वि.सं. २०७६ पुस १७। बिहीबार। इ.स. २०२० जनवरी २। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। सप्तमी, १९:१० उप्रान्त अष्टमी।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरीवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राज बाझिनेछ भने सम्यमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेकोछ । आफूलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाइ लेखाइमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउनेछैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केहि समय पर्खनु नै उचित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको वाैद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक काम गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मानसिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रंसग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । विधिविधान तथा कानुन सम्बत काम गर्नुहोला दण्ड तथा जरीवाना हुने ग्रहयोग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अगाल्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागि हुने व्यापार व्यवसायमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । साझपख समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानी गरि आर्थिक स्थिति उकास्न सकिनेछ । कुनैपनि क्षेत्रमा आउँने प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुने तथा न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछन् । पढाइमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि भेटिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा ध्यान जानेछ भने शिक्षासँग सम्बन्धित व्यापार व्यावसायमा लगानी गरि प्रसस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानी गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउँन सकिनेछ । बौद्धिकताको प्रयोग गरि विशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनता सँग सन्तुलित व्याबहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ । प्रणय सम्बन्धमा बिस्वासको वाताबरण बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मायाप्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीविच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वाताबरण बनेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पती तथा विलासी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

प्रतिक्रिया दिनुहोस