आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज मिति २०७६ साल पुस १८ गते शुक्रबार, यस्तो छ आजको राशिफल

AuthorAP Khabar२०७६ पौष १८, शुक्रबार (४ साल अघि) ४७२ पाठक संख्या

बि.सं.२०७६ साल पौष १८ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष ।

तिथि अष्टमी,३५ घडी ५४ पला,बेलुकी ०९ बजेर १८ मिनेट उप्रान्त नवमी । नक्षत्र–रेवती,अहोरात्र । योग– परिध,३९ घडी २० पला,बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त शिव । करण– भद्रा,बिहान ०८ बजेर १५ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर १८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग ।

चन्द्रराशि–मिन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १९ मिनेट । दिनमान २५ घडी ५६ पला । पञ्चक। अष्टमी व्रत। गोरखकाली पूजा। श्रीश्वेतमत्स्येन्द्रनाथ स्नान। जनवहाद्यन्हव। सर्वार्थसिद्धि योग ०८ बजेर १५ मिनेटदेखि।

मेष – सामान्य स्वास्थ्य सम्बन्धि समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यावहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ ।

बृष – आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरुको आशा नगर्नुहोला । व्यापारमा प्रसस्त समय खर्चिए पनि उचित मुल्य पाइने छैन । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्याक्तिहरुकको धन सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला ।

आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेकोछ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ ।

मिथुन – पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् ।

कर्कट – धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नया काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ ।

पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह – आफन्त तथा दिदिबहिनिसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढि आउने हुँदा आफन्त तथा साथिभाइहरु टाढिनेछन् ।

भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

कन्या – अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुशि भएको महशुस गर्नेछन् ।

तुला – मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाइ लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ ।

व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावलि पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेकोछ ।

बृश्चिक – मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवनसाथिले तपाईको काममा सहयोग गर्ने हुदा समयमानै काम सकाउन सकिनेछ ।

धनु – भौतिक सम्पति तथा बिलाशि बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारि तथा पशुपालन व्यावासाय फस्टाएर जानेछ । आमा तथा आफन्त सँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाति रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढिनै समय खर्चनु पर्नेछ ।

मकर – काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरि मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ ।

बुद्धिको उपयोगले धन तथा भौतिक सम्पति लाभ हुनेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरुले साथ दिँदा कामहरु समयमानै सम्पन्न हुनेछन् ।

कुम्भ – बोलीबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गीत संगीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पति राम्रोसँग परिचालन गरि आम्दानी बढाउन सकिनेछ ।

माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

मीन – पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नया काम शुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सहि सदुपयोग गरि रचानात्मक काम गरि समाजमा नाम कमाउन सकिनेछ ।

साथीभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागि समयले साथ दिनेछ भने नया नयाँ प्रेम प्रस्ताब आउनेछ । विद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस